नेपाल बैँकले हिमालय आधारभूतलाई दियो साढे ३ लाख नगद

नेपाल बैँकले हिमालय आधारभूतलाई दियो साढे ३ लाख नगद

इटहरा, नेपाल बैकं लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हिमालय आधारभूत विद्यालयलाई साढे तीन लाख नगद सहयोग गरेको छ । मोरङको रतुवामाई नगरपालिका वडा नं. १० मा रहेको विद्यालयलाई सो रकम सहयोग स्वरुप प्रदान गरेको हो।

आइतबार एक कार्यक्रमका बिच तीन लाख ५० हजारको चेक विद्यालयका प्रधानाध्यापक च्रन्दप्रसाद पराजुलीलाई उर्लाबारी शाखा प्रमुख खेमराज उपाध्यायले हस्तान्तरण गर्नु भएको छ । सो रकम विद्यालयको रंग रोगन सिलिङ लगाउन तथा जस्ता पातामा रंग लगाउन प्रयोग गरिने प्रअ पराजुलीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर