निर्वाचन अपडेट ः उपनिर्वाचनमा पनि नेकपाको विजयी सुरूवात, थवाङमा बुढामगर दुईतिहाइ मतले विजयी

निर्वाचन अपडेट ः उपनिर्वाचनमा पनि नेकपाको विजयी सुरूवात, थवाङमा बुढामगर दुईतिहाइ मतले विजयी

उपनिर्वाचनको नतिजामा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पहिलो विजय प्राप्त गरेको छ । रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ मा भएको निर्वाचनमा नेकपा भारी मतान्तरले विजयी भएको हो । नेकपाका वडा अध्यक्षका उम्मेदवार जनकबहादुर बुढामगरले १७४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

जम्मा २०९ मत खसेकोमा उनले १७४ मत प्राप्त गरेका हुन् । प्रतिद्वन्दी नेपाली काँङ्ग्रेसका उम्मेदवार कमलबहादुर रोक्का मगरले २० मत प्राप्त गरेका छन् । थवाङमा १२८४ मतदाता रहेका थिए । निर्वाचन आयोगका अनुसार रोल्पाको थवाङमा १६ प्रतिशत मत खसेको थियो । ८४ प्रतिशतले मतदान गरेनन् ।

सम्बन्धित खवर