दाङमा उत्साहका साथ मतदान जारी, रौतहटको गडिमाईमा ६५ प्रतिशत मतदान

दाङमा उत्साहका साथ मतदान जारी, रौतहटको गडिमाईमा ६५ प्रतिशत मतदान

दाङको २ स्थानमा भइरहेको उपनिर्वाचनमा मतदाताहरु उत्साहका साथ मतदान गरिरहेका छन्। घोराही वडा नम्बर १६ र प्रदेशसभाका लागि हुन लागेको मतदानमा कुल ७३ हजार १७२ मतदाता रहेको र अहिलेसम्म १६ हजार ४ ८९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
दाङमा बिहान ७ बजेदेखि मतदान शुरू भएको हो। अहिलेसम्म दाङमा शान्तिपूर्वक निर्वाचन भइरहेको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ। त्यस्तै अहिलेसम्म कास्की २ र बागलुङ २ (ख)मा करिब २५ प्रतिशत, बाडिगाढ– २ बागलुङमा २१, सुन्दरबजार न.पा. २ लमजुङमा ३०, र नवलपरासीको बौदीकाली गाउँपालिका– ५ मा २७ प्रतिशत मतदान भएको  जानकारी गराएका छन्।
रौतहटको गडिमाई नगरपालिका वाड नं २ समनपुरमा ६५ प्रतिशत मतदान खसेको बताइएको छ। १८२२ मतादाता रहेको यो वडामा २ मतदान स्थल र ३ केन्द्र रहेका छन्। वाड नं २ का वडा अध्यक्ष जोगी दासको गत २०७५ बैशाख ७ गते मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
यस वडामा नेकपाको तर्फबाट जवार मिया, नेपाली कंग्रेसको तर्फबाट दीपेन्द्र श्रेष्ठ, समाजवादी पार्टीबाट मृत्यक जोगी दासको छोरा दिनेश दास उठेका छन्। ६ दल र स्वतन्त्रसहित १० जना उमेदवार उठेका छन्।
चुनाव शान्तिपूर्ण रुपमा भइरहेको प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए। सुरक्षा व्यवस्था कडा बनाइएको उनले जानकारी दिए। अहिलेसम्म यो वडामा ११०० मतदाताले मतदान गरिसकेका छन्।
१८२२ मतदाता रहेको उक्त वडामा २ वटा मतदानस्थल र ३ वटा केन्द्रबाट मतदान भइरहेको छ। प्रमुख निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार साँझ ७ बजेबाट मतगणना सुरु गरिनेछ।

सम्बन्धित खवर