पोखराको तेस्रो स्थानमा पनि बम

पोखराको तेस्रो स्थानमा पनि बम

पोखरा १६ स्थित चण्डिका आधारभूत बिध्यालयमा रहेको मतदान केन्द्रनजिकै बम बिस्फोट भएको छ। चण्डिका आधारभूत बिध्यालयमा मतदान जारी रहँदा करिब १२ बजेतिर बम विस्फोट भएको हो।
यसअघि पोखरा महानगरपालिका–९ मा रहेको नवप्रभात मावि र शान्ति मावि मतदान केन्द्रनजिकै पनि बम विस्फोट भएको थियो। योसहित पोखराका तीन स्थानमा बम विस्फोट भएको छ। विष्फोटपछि सुरक्षा व्यवस्था झन् कडा बनाइएको छ।

सम्बन्धित खवर