प्रधानमन्त्री अझै एक साता अस्पतालमै

प्रधानमन्त्री अझै एक साता अस्पतालमै

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै एक साता चिकित्सको प्रत्यक्ष निगरानीमा उपचार गराइने भएको छ । स्वास्थ्य अवस्थामा उल्लेखनिय सुधार आएपनि संक्रमणको सम्भावना नटरेकाले केही दिन (आइसियू) मै राखेर उपचार गरिने प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मंगलबार एपेन्डिसाइटिस र पेरिटोनाइटिसको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीलाई नियमित काममा फर्किन अझै १० दिन बढी लाग्ने उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले शल्यक्रियापछि हुनसक्ने संक्रमणको जोखिम हटेपछि मात्रै अवस्था हेरेर डिस्चार्ज गरिने बताउनुभयो ।

सम्बन्धित खवर