सिरहामा ११ लाख नेपाली रुपैयाँ सहित दुई हुण्डी कारोबारी पक्राउ

सिरहामा ११ लाख नेपाली रुपैयाँ सहित दुई हुण्डी कारोबारी पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुर चौक स्थित भारतबाट नेपाली रुपैयाँ ११ लाख ल्याउदै गरेका एक नेपाली र एक भारतीय हुण्डी कारोबारीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरीचौकी भगवानपुर सिरहाबाट खटिएको प्रहरी टोलिले भारतको लौकाहाबाट आउँदै गरेको बी आर ३२ एच ०३३५ नम्बरको मोटरसाइकललाई रोकि चेकजाँच गर्दा भारत मधुवनी जिल्ला लौकाहा पंचायत वडा न १२ को ३० वर्षीय अशोक कुमार झाको साथबाट नेपाली रुपैया रु २ लाख र सिरहा भगवानपुर गापा ४ को ३० वर्षीय रामशंकर यादवको साथबाट नेपाली रुपैया रु ९ लाख गरी जम्मा ११ लाख नेपाली रुपैया प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका दुबै जनालाई नेपाली रुपैया ११ लाख र मोटरसाइकल सहित आवश्यक कारबाही तथा थप अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

पक्राउ परेका यादव र झा लामो समयदेखि लौकाहाका व्यपारीसँग मिलेर हुण्डी कारोबार गर्दै आइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर