प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने

प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखिने

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनिय सुधार आएको चिकित्सकहरुले बताएका छन् । ‘एपेन्डिसाइटिस’को आकस्मिक शल्यक्रिया गराएका प्रधानमन्त्री ओलीको ४ दिनदेखि चिकित्सकको प्रत्यक्ष निगरानीमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेको छ ।
महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओली सामान्य बोलचाल गर्न सक्ने भएपनि भेटघाट गर्न भने दिइएको छैन । हिजो राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमाल, स्वकिय सचिव राजेश बज्राचार्यले भेट्नुभएको थियो ।
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएकाले अझै केही दिन अस्पतालमै राखिने उहाँका प्रेस सल्लाहकार सुर्य थापाले बताउनुभयो । प्रधानमन्त्री ओलीको मंगलबार एक्कासी स्वास्थ्यमा समस्या आएपछि अस्पताल र्पुयाईएको थियो ।
विशेषज्ञ चिकित्सकको टोलीले परीक्षण गर्दा उहाँलाई ‘एपेन्डिसाइटिस’का साथै ‘पेरिटोनाइटिस’ समेत देखिएपछि लगत्तै शल्यक्रिया गरिएको थियो ।

सम्बन्धित खवर