उप निर्वाचन ः धरानमा मेयरको , मोरङमा २ जना वडा अध्यक्षको निर्वाचन

उप निर्वाचन ः धरानमा मेयरको , मोरङमा २ जना वडा अध्यक्षको निर्वाचन

यही मंसिर १४ गते धरानमा हुने मेयर तथा वडाअध्यक्षको पदका लागि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ ।
मतदान केन्द्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रमा पुगिसकेका छन् भने मतदान केन्द्र बनाउने काम सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीले मतदानका लागि खटिने कर्मचारीलाई सम्पूर्ण तालिम दिएर मतदान केन्द्रतर्फ पठाइसकिएको बताउनुभयो ।
उहाँले नयाँ मतदाता परिचयपत्र वितरणसमेत सुरु गरिसकेको जानकारी दिनुभयो । धरानको उपनिर्वाचनका सबै प्रक्रिया पूरा गरेर २८ मतदान स्थलका ९९ मतदान केन्द्रमा खटिने कर्मचारीलाई तालिम दिएर सम्बन्धित केन्द्रमा खटाइसकिएको छ ।
उहाँले निर्वाचनका लागि उच्च सुरक्षाको व्यवस्था गरिएको र मतदानको वातवारणसमेत अनुकूल भएकाले सबै मतदातालाई भयरहित वातावरणमा मतदान गर्न आह्वान गर्नुभयो ।
उहाँले शान्ति सुरक्षाको दृष्टिकोणबाट संवेदनशिल र अति संवेदनशिल केन्द्र छुट्याइएको र सोहीअनुसार सुरक्षाको व्यवस्था मिलाइएको बताउनुभयो । धरानमा जोडिएका साविकका गाविस पाँचकन्या र विष्णुपादुकामा रहेका मतदान केन्द्रलाई अतिसंवेदनशिल मानिएको मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रतीले उल्लेख गर्नुभयो ।
पछिल्लो समय थप भएका मतदाताहरुको परिचयपत्र बाड्ने काम आज र भोलि हुने र सम्बन्धित मतदान केन्द्रमा गएर आफ्नो मतदाता परिचयपत्र लिनसमेत उप्रेतीले अनुरोध गर्नुभयो ।
मतदान केन्द्रको सुरक्षा व्यवस्था मजबुद बनाइएको छ । बाहिरी घेरामा नेपाली सेना बीचमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरा बनाइएको उहाँले बताउनुभयो । धरान मेयर तारा सुब्वाको निधन पछि खाली रहेको मेयर पदका लागी १३ स्वतन्त्रसहित २३ जना चुनावि मैदानमा छन् भने वडा नम्बर ७ को वडा अध्यक्षका लागी ४ जना चुनावि मैदानमा उत्रिएका छन् ।
स्थानीय तहको निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक राईले १६ हजार १ सय २ मत ल्याउनुभएको थियो । यस्तै माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार १ सय ८० मत ल्याउनुभएको थियोे ।
त्यसबेला माओवादी केन्द्रले संघीय समाजवादी पाटीसँग गठबन्धन गरेको थियो । त्यसबेला धरान उपमहानगरपालिकामा कूल मतदाता ७९ हजार २ सय ८२ रहेकोमा ५३ हजार ८ सय १२ मत खसेको थियो । उपनिर्वाचनमा ९२ हजार ८ सय ५३ मतदाता रहेका छन् । आवरबिराटनगरमा सुमन सुस्केराले लेखेका छन् ।

सम्बन्धित खवर