दमकमा षडानन्द जयन्ती मनाईदै

दमकमा षडानन्द जयन्ती मनाईदै

नेपालका शिक्षाका ज्योति एवं महान समाज सुधारक षडानन्द अधिकारीको १८५ औं जन्मजयन्ती यसवर्ष पनि दमकमा भव्य रुपले मनाईने भएको छ । आवाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान दमक उपसमितिले यसवर्ष पनि यहि मंसीर १५ गते षडानन्द जयन्ती दमक ६ स्थित पशुपति मन्दिरमा विभिन्न कार्यक्रम गरि जयन्ती मनाउन लागेको हो ।
प्रतिष्ठानका अध्यक्ष श्याम लम्सालका अनुसार जयन्तीमा विहान ७ वजे दिपप्रज्जवलनसहित उनको व्यक्तित्व र कृतित्व माथि प्रवचन हुने छ । प्रतिष्ठानले उनको सम्झनामा एक दशक देखि निरन्तर रुपमा झापामा षडानन्द जन्मजयन्ती र स्मृति दिवस समेत मनाउदै आएको अध्यक्ष लम्सालले बताए ।
विस १८९२ मार्ग शुक्ल पञ्चमीका दिन भोजपुरको दिङलामा जन्मिएका षडानन्दले जनस्तरवाट नेपालमै पहिलो विद्यालय स्थापना गर्नुका साथै जातप्रथा ,सतिप्रथा जस्ता कुरिती हटाउने कार्यको अगुवाई गरिआएका थिए । षडानन्दले विस १९३२ मा भोजपुरको दिङलामा गुरुकुल पद्धतिको माध्यमिक विद्यालय खोलेर शिक्षा ज्योति छरेका थिए ।

सम्बन्धित खवर