आत्मानन्द कप ः पाहुना टोली मानेभञ्ज्याङको विजयी सुरुवात

आत्मानन्द कप ः पाहुना टोली मानेभञ्ज्याङको विजयी सुरुवात

१२औँ संस्करणको आत्मानन्द कप फुटबल प्रतियोगितामा पाहुना टोली मानेभञ्ज्याङ फुटबल क्लबले विजयी सुरुवात गरेको छ। उद्धघाटन खेलमा आयोजक टोली माङसेवुङ खेलकुद विकास समितिलाई सडनडेथमा पराजित गर्दै पाहुना टोलीले सेमिफाइनल यात्रा तय गरेको हो ।
निर्धा्रित समयमा दुवै टिमबाट २(२ गोल भएको थियो। टाइब्रेकरमा समेत ५(५ गोलको बराबरी भएपछि विजेता निर्धारण गर्न सडन डेथसम्म पर्खनु परेको थियो। पहिलो हाफमा आत्मघाती गोलको उपहार पाउँदै अग्रता लिएको दार्जि्लिङले दोश्रो हाफमा कमजोर प्रदर्शन गरेको थियो।
पहिलो हाफको ३३औँ मिनेटमा माङसेबुङका रोनिस राईले आत्माघाती गोल गरेपछि दार्जि्लिङले अग्रता लिएको थियो। दोश्रो हाफमा खेलको ३७औँ मिनेटमा माङसेबुङका मन्दिप राईले गोल गरी खेल बराबरीमा ल्याए। ४०औँ मिनेटमा दार्जि्लिङका याङचुङ शेर्पाले गोल गरी अग्रता दिलाए।
४२औँ मिनेटमा पुनः माङसेबुङका मन्दिप राईले व्यक्तिगत दोश्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। प्रतियोगिताअन्तरगत बिहीबार भाङबारी स्पोर्टिङ क्लब झापा र इलाम नगर खेलकुद प्रतिष्ठानबीच प्रतिष्पर्धा हुनेछ।
किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औं जन्मोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाम, झापा, सुनसरी, तेह्रथुम, र भारतको दार्जि्लिङ गरी ८ टिमको सहभागिता रहेको छ।
प्रतियोगिताको फाइनल १७ मंसिरमा हुनेछ। विजेताले नगद २ लाख १ सय ६६ रुपैयाँ र उपविजेताले नगद १ लाख १ सय ६६ रुपैयाँ पाउनेछन्। त्यस्तै, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उदयमान खेलाडी, अनुशासित खेलाडी र बेस्ट कोचलाई पनि नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका विजेता र उपविजेता टिमलाई किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६६औँ शुभजन्मोत्सवमा १८ मंसिरमा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ।
आत्मा(पवित्र हक्चात यक्चुमको आयोजनामा हुने उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १७ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। धर्मगुरु लिङदेनको जन्मोत्सवमा बर्से्नि माङसेबुङमा आत्मानन्द कप खेलकुद प्रतियोगिता संचालन हुँदै आएको छ।

सम्बन्धित खवर