जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनका कर्मचारीको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट सामुदायिक वनमा कार्यरत एक कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ। हात्तीको आक्रमणमा परी मृत्यु हुनेमा कचनकवल गाउँपालिका–७ का ५५ वर्षीय काया राय क्षेत्री रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।
मृतक क्षेत्री सोही गाउँपालिकास्थित पाथीभरा सामुदायिक वनमा कार्यालय सहयोगीको रूपमा कार्यरत थिए। प्रहरीका अनुसार बिहीबार साँझ ७ बजे बनियानी बजारबाट घरतर्फ जाँदै गरेको अवस्थामा हात्तीसँग उनको बाटैमा जम्का भेट भयो। त्यसपछि हात्तीले आफ्नो सुँडले उचालेर पछार्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
उनको शवको कानुनी प्रक्रिया गरी पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ। केही समयदेखि कचनकवलमा जङ्गली हात्ती निस्किन थालेपछि त्यहाँका स्थानीय त्रसिद थिए।

सम्बन्धित खवर