हरियो घाँस उत्पादन तालिम चल्दै

हरियो घाँस उत्पादन तालिम चल्दै

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको पशुपंक्षी शाखाले नगरका कृषकहरुका लागि बाह्रै महिना हरियो घाँस उत्पादन तथा साइलेज हे सम्वन्धी तालिम सुरु गरेको छ ।

३ दिने तालिमको एक कार्यक्रमकाबीच नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्दै कृषि प्रधान नगरमा व्यवसायिक कृषितर्फ कृषक उन्मुख हुन आवश्यक रहेको चर्चा गर्नुभयो । उहाँले नगरले कृषि प्रवद्र्धनका आवश्यक योजना अघि बढाउँदै जाने वताउनु भयो ।

वडा नम्वर ७ स्थित किरातीचोकमा सञ्चालित तालिममा प्रत्येक वडाबाट ३÷३ जनाका दरले ३० जना कृषक सहभागि छन् । वडाध्यक्ष कपिलमणि ढकालको सभाध्यक्षतामा सम्पन्न तालिममा पशुपंक्षी शाखा संयोजक हेमचन्द्र दहाल तथा सोही शाखाका गणेश शिवाकोटी, पर्वत साह र गुणराज थापाले सहजिकरण गर्नुभएको छ । बुधबार देखि सुरु भएको तालिमको शुक्रबार समापन गरिने जनाइएको छ ।

सम्बन्धित खवर