प्रभात रजत महोत्सवको अबसरमा आयोजित म्याराथन सम्पन्न

प्रभात रजत महोत्सवको अबसरमा आयोजित म्याराथन सम्पन्न

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाइरहेको छ ।

आज सातौ दिन १५० जना सहभागी भएको म्याराथन प्रतियोगितामा प्रथम पथरीशनिश्चरे नगरपालिका वडा नम्बर १ निवासी रोहित आङ्देम्बे, दोस्रो वडा नम्बर २ निवासी आशोक लिम्बू र तेस्रो ३ नम्बर वडा निवासी किरण योङ्हाङ भएको क्लबका अध्यक्ष नवीन जङ कार्कीले जानकारी दिए ।

गत मङ्सिर ६ गते देखि नियमित रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै रजत महोत्सब मनाइरहेको क्लबले आजै साँझ विभिन्न जातीय झाकी, गायक नन्दु गुरुङ र समिर बि.क को जोडदार प्रस्तुती सहितको साँस्कृतिक कार्यक्रम, नबनिर्मित क्लब भवन नगर प्रमुख दिलिप कुमार रार्इद्वारा उद्घाटन, दिपप्रज्वलन लगाएतका कार्यक्रमहरु रहेका छन् ।

सम्बन्धित खवर