सभामुख अध्यक्ष रहने समितिको बैठकको उपसभामुखले गरिन् अध्यक्षता

सभामुख अध्यक्ष रहने समितिको बैठकको उपसभामुखले गरिन् अध्यक्षता

उपसभामुख शिवमाया तुम्बाहाङफेले सभामुख अध्यक्ष रहने समितिको अध्यक्षता गरेर निर्णयसमेत गरेकी छन्। उपसभामुख तुम्बाहाङफेले सभामुखले अध्यक्षता गर्ने एक समितिको अध्यक्षता गरेर सभामुखको अधिकार प्रयोग गरेकी हुन्।
उनले बुधबार राष्ट्रिय सूचना आयोगमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने समितिको अध्यक्षता गरेकी हुन्। उपभामुख तुम्बाहाङफेले आफ्नै कार्यकक्षमा उक्त समितिको बैठक बोलाएर अध्यक्षता गर्दै निर्णयसमेत गरेकी हुन्।
सूचनाको हकसम्बन्धि ऐन, २०६४ मा राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र दुई सूचना आयुक्तको सिफारिस गर्न सभामुखको अध्यक्षतामा समिति गठन गर्ने व्यवस्था छ।
सिफारिस समितिका सदस्यमा संचार तथा सूचना प्रविधिमन्त्री वा राज्यमन्त्री र नेपाल पत्रकार महासंघका सभापति सदस्य रहने ऐनमा व्यवस्था छ।
उपसभामुखले अध्यक्षता गरेको सिफारिस समितको बैठकले आयोगमा प्रमुख आयुक्त र आयुक्तहरूको नाम सिफारिस गर्ने प्रक्रिया सुरु गरिएको संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
बैठकले गरेका निर्णयबारे जानकारी दिँदै उनले भने, ‘कार्य्विधि बनाइयो र ती पदका निम्ती योग्य नेपाली नागरिकबाट आवेदन माग्ने निर्णय गरिएको छ।’

सम्बन्धित खवर