विपक्षी दलका नेता शेरबहादुर देउवाले अस्पताल पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
नेपाली कांग्रेसका सभापति देउवाले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर चिकित्सकहरुसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो राखेका हुन् । सेन्टरको सघन उपचार कक्षमा रहेका प्रधानमन्त्रीसँग भने उनको भेट हुन पाएन । प्रधानमन्त्रीलाई चिकित्सकहरुबाहेक अरुलाई भेट्न दिइएको छैन । प्रधानमन्त्री ओलीको मंगलबार मात्र एपेन्डिसाइटिसको अप्रेसन गरिएको थियो ।
