शुल्क फिर्ता गरेरनगरेबारे अनुगमन गर्न सह(संयोजक तामाङको माग

शुल्क फिर्ता गरेरनगरेबारे अनुगमन गर्न सह(संयोजक तामाङको माग

प्रमुख सत्तारूढ दल नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङले मेडिकल कलेजले विद्यार्थीसँग असुलेको अतिरिक्त शुल्क फिर्ता गरेरनगरेबारे अनुगमन गर्न सरकारसँग माग गरेका छन् ।
सरकार र मेडिकल कलेज सञ्चालकबीच मंगलबार राति भएको शुल्क फिर्ता गर्ने सम्झौता कार्यान्वयनमा शंका व्यक्त गर्दै तामाङले अनुगमन टोली गठन गरेर परिचालन गर्न माग गरेका हुन् ।
मेडिकल कलेजले सम्झौता अनुसार अतिरिक्त शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि तामाङले दिएका छन् ।
मेडिकल कलेजले नियमविपरीत शुल्क असुलेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरेका थिए । शुल्क फिर्ताका लागि सरकारले पनि मेडिकल कलेजलाई अल्टिमेटम दिएको थियो । यहीबीच मंगलबार राति सरकार र मेडिकल कलेज सञ्चालकबीच अतिरिक्त शुल्क फिर्ता गर्ने सहमति भएको छ ।
सहमतिपछि पनि विद्यार्थी तथा तिनका संगठनहरूले सहमति पालना हुनेमा शंका व्यक्त गरेका छन् ।

सम्बन्धित खवर