उपचुनावको प्रचारप्रसार आज अन्तिम

उपचुनावको प्रचारप्रसार आज अन्तिम

आगामी शनिबार हुने उपनिर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो आज राति १२ बजेपछि मौन समय सुरु हुने भएकाले दलहरु आज अन्तिम प्रचारमा जुटेका छन् ।
शनिबार देशभरिका विभिन्न तहका ५२ स्थानमा मतदान हुँदैछ । तीमध्ये कास्की–२ मा प्रतिनिधिसभाको चुनाव हुँदैछ भने भक्तपुर, बागलुङ र दाङसमेत तीन स्थानमा प्रदेशसभा सदस्यका लागि मतदान हुँदैछ ।
त्यस्तै धरान उपमहानगरपालिकाको मेयद पदको चुनाव पनि चासोका साथ हेरिएको छ । यी सबै स्थान कम्युनिष्टहरुले जितेको ठाउँ भएकाले सत्तापक्ष र प्रतिपक्षवीच यो उपचुनाव प्रतिष्ठाको लडाइँ बनेको छ ।
शनिबार तीन गाउँपालिका प्रमुख र एक गाउँपालिका उपप्रमुखको पनि चुनाव हुँदैछ । यसअघि कांग्रेसले जितेको पाँचथरको फाल्गुनन्द गाउँपालिका र नेकपाले जितेको संखुवासभाको मकालु गाउँपालिकामा उपचुनाव हुँदैछ ।
त्यस्तै यसअघि राजपाले जितेको महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि शनिकार निर्वाचन हुँदैछ । यसअघि कांग्रेसले जितेको हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपप्रमुखका लागि शनिबार मतदान हुँदैछ ।
चार स्थानीय तहका प्रमुख र उपप्रमुखमध्ये नेकपाले जोगाउनुपर्ने एउटा गाउँपालिका छ भने कांग्रेसले दुईवटा गाउँपाकिला जोगाउनुपर्ने छ । त्यस्तै राजपाले एउटा गाउँपालिकामा आफ्नो सीट जोगाउनुपर्ने चुनौती छ ।
त्यसैगरी शनिबार ४३ जना वडाध्यक्षका लागि मतदान हुनेछ । तीमध्ये २१ गाउँपालिकाका वडाहरु छन् भने २२ नगरपालिकाका वडाहरु छन् ।
कुल ४२ वडाहरुमध्ये २३ वटा वडामा यसअघि नेकपाले जितेको थियो । अब नेकपाले २३ वटा वडाहरु जोगाउनुपर्ने चुनौती छ । त्यस्तै नेकपाको सहयोगमा राष्ट्रिय जनमोर्चाले जितेको प्युठानको एउटा वडा पनि शनिबार दाउमा लाग्दैछ ।
४३ वटा वडाहरुमध्ये नेपाली कांग्रेसले यसअघि जितेका १२ वडाहरु सुरक्षित गर्नुपर्ने छ । त्यस्तै राजपा र समाजवादीले यसअघि जितेका ५ वटा वडाध्यक्ष पद जोगाउनुपर्ने चुनौती छ । अनलाईनखबरको सहयोगमा

सम्बन्धित खवर