प्रदेश स्तरीय लाखे नाचमा गाइघाट प्रथम

प्रदेश स्तरीय लाखे नाचमा गाइघाट प्रथम

प्रदेश एक स्तरीय लाखे नाच प्रतियोगिता झिगु नेवापुचः उदयपुर गाइघाटले जितेको छ । कला र संस्कृतिको संरक्षण पर्यटनको सवर्द्धन भन्ने मूलनारका साथ संखुवासभाको चैनपुरमा सम्पन्न १ नं प्रदेश स्तरीय लाखे नाच गाइघाटले प्रथम पुरस्कार हातपारेको हो ।
प्रतियोगितामा द्धितीय स्थान अमृत तीनधारा लाखे समाज भोजपुर, तृतीय स्थान संखुवासभाको नेवा देय् दवु सिवुवा र सान्तोना सुनसरी धरानको लाखे नाचले हासिल गरेका छन् ।
विजय प्रथम टिमलार्ई उदयपुरलाई ५५ हजार पाँच सय ५५, दोस्रो टिमलाई ३३ हजार तिन सय ३३, तेस्रोलाई २२ हजार दुई सय २२ र चौथौ टिमलाई ११ हजार एक सय ११ नगदसहित प्रमाण पत्रका साथै चैनपुरमै बनेको लाखेको मखुण्डो प्रदान गरिएको थियो ।
कला र संस्कृति समाज र राष्ट्रका गहनाका रुपमा नेपालका विभिन्न लोक संस्कृतिहरु मध्ये लाखे नाचे नेवारी समूदायको पहिचानको रुपमा चिनिएको छ। नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा आयोजना गरिएका यस्तो कार्यक्रमले देशको पर्यटन विकासमा सहयोग पुग्ने आयोजक समिती संयोजक रन्जन श्रेष्ठले बताए।
नेवा देय दवू नगर समिति, र समाज सेवा युवा क्लव चैनपुरको आयोजनामा भएको लाखे नाच प्रतियोगिता भएको हो। प्रदेश एक स्तरीय लाखे नाच प्रतियोगिता प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद गौतमले उद्घाटन गरेका थिए ।
सो प्रतियोगिता ३ दिन सम्म चलेको हो प्रतियोगिता प्रदेश एकका उदयपुर, मोरङ्ग, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर र संखुवासभा सहित ७ जिल्लाका १३ वटा लाखे समूहहरु सहभागी भएको आयोजकले जनाएको छ ।

सम्बन्धित खवर