कांग्रेसवाट निर्वा्चित वडाअध्यक्ष नेकपामा प्रवेश

कांग्रेसवाट निर्वा्चित वडाअध्यक्ष नेकपामा प्रवेश

स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसवाट निर्वा्चित बैतडीका एक वडाअध्यक्ष सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्। डिलाशैनी गाउँपालिका ७ का वडाअध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिए।
पुर्चौडी नगरपालिका ४ भटनामा आयोजित चुनावी सभामा निर्वा्चित अध्यक्ष धामीसँगै १५ जनाले नेकपामा प्रवेश गरेको गिरीको भनाइ छ। नवप्रवेशीहरुलाई नेपाल कम्युनिष्ट पार्टीका सुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री भानुभक्त जोशीलगायतका नेताले स्वागत गरेका थिए।
यसैबिच उक्त चुनावी सभालाई सम्बोधन गर्दै नेकपाका सुुदूरपश्चिम सहसंयोजक एवं पूर्वमन्त्री जोशीले बैतडीको पुर्चौडी क्षेत्रमा एक वर्ष्भित्रै विद्युतीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपाका पक्षमा मतदान गर्न पनि आह्वान गरे। चुनावी सभामा नेकपाका केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज नरेन्द्र कुँवर, बैतडीबाट निर्वा्चित संघीय सांसद दामोदर भण्डारी, जिल्ला अध्यक्ष सुरेन्द्र पाल, प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट, नेता परमानन्द भट्टलगायतको सहभागिता रहेको थियो।
नेकपाले मंसीर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै केन्द्रिय नेताको सहभागितामा चुनावी सभा गर्दै आएको छ।

सम्बन्धित खवर