सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

सिरहामा लागूऔषधसहित दुई युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहा जिल्लाको भगवानपुर गाउँपालिका वडा नं. ५ लालपुरबाट लागूऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ठाडी इनर्वा सिरहाबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा प्रदेश २, ०१००१ प ३४७१ नम्बरको मोटरसाइकलमा आउदै गरेको सिरहा भगवानपुर गाउँपालिका वडा ५ को २१ वर्षीय मुकेश कुमार र सोही ठाँउ बस्ने २५ वर्षीय सन्जय कुमार यादवको साथबाट नेपालमा प्रतिबन्ध लगाईएका डाइलेक्स डि सि – १५ बोतल, डाइजिल्याप १८ एम्पुल, र्प्रोमेथिन हाइड्रइड १८ एम्पुल, नोरफिन १९ पिस र नाइट्रोभेट ३० पिस लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना र मोटरसाइकललाई आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय लहानमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खवर