परियोजना अनुगमन तथा समन्वय समिति बैठक

परियोजना अनुगमन तथा समन्वय समिति बैठक

पथरी, हेफर इन्टरनेशनलसँगको सहकार्यमा अभियान नेपालले आफुले सञ्चालन गरेको परियोजनाको अनुगमन् तथा समन्वय समितिको बैठक मोरङको पथरी शनिश्चरेमा आज सम्पन्न गरेको छ ।

सो कार्यक्रमको पथरी शनिश्चरे नगर अनुगमन् समितिका संयोजक नगर प्रमुख दिलिपकुमार राईले आफ्नो नगरमा समेत अभियान नेपालको कार्यक्रमलाई प्रभावकारी बनाएर लैजान नगरपालिका कार्यालयले सहकार्य गर्ने बताउनु भयो । नगरमा व्यवस्थित पशु वधशाला, पशु दाना तालिम, पशु शिविर सहितका नगरपालिकाका कार्यक्रममा समेत अभियान नेपालले पनि सहकार्य गर्न प्रस्ताव गरिएको छ ।

कार्यक्रममा, अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफरका दिपेश पोखरेल, ऋषि पौडेल, अभियानका हेम श्रेष्ठले हेफरको सहकार्यमा अभियान नेपालले सञ्चालन गरेका कार्यक्रमका बारेमा जानकारी गराउनु भयो । उहाँहरुले पथरी शनिश्चरे २ मा चौतारी सामाजिक महिला उद्यमी सहकारीमार्फत महिलाहरुको सशक्तिकरण तथा जिविकोपार्जनमा सघाउन तरकारी खेती, लोकल कुखुरा पालनका साथै दुध र मासुको क्षेत्रमा काम गर्दै आएको प्रष्ट्याउनु भयो ।

झापा र मोरङका ५ वटा महिला सहकारीसँग यसखाले कार्यक्रम सञ्चालन गरिएको जनाउनु भयो ।

सम्बन्धित खवर