सिरहामा लागूऔषध सहित एक युवा पक्राउ

सिरहामा लागूऔषध सहित एक युवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहाको नवराजपुर गाउँपालिका ३ फुलबरिया गाउँबाट आइतबार राती लागूऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिमा प्रहरीचौकी झाझपट्टी सिरहाबाट खटिएको प्रहरी टोलिले नवराजपुर गाउँपालिका ३ फुलबरिया गाउँबाट चेक जाँच गर्ने भारतीय बजारबाट अवैध लागुऔषध खरिद गरी नेपालतर्फ आइरहेका सखुवानन्कारकट्टि गाउँपालिका १ का रणधिर यादवको साथबाट नेपालमा प्रतिबन्ध लगाईएका ४६ बोतल डाइलेक्स डिसी लागुऔषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका यादवलाई आबश्यक कार्बाही तथा थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी अपिलराज बोहराले बताएका छन् ।

सम्बन्धित खवर