प्रभात रजत महोत्सवको अबसरमा ५१ पिन्ट रगत संकलन

प्रभात रजत महोत्सवको अबसरमा ५१ पिन्ट रगत संकलन

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाइरहेको छ ।

आज चौथो दिन लियो क्लब अफ पथरीको आयोजना र मोरङ रेडक्रसको प्राबिधिक सहयोगमा प्रभात सामुदायिक युवा क्लबको हलमा सम्पन्न भएको कार्यक्रममा नगर प्रमुख दिलिप कुमार राइ, ८ नम्बर वडा अध्यक्ष बाबुराम दाहाल, ९ नम्बर वडा अध्यक्ष भानुभक्त राई, नगर स्वास्थ प्रमुख मुरारी आचार्य, लायन्स क्लब अफ पथरीका प्रमुख रोसन बुढाथोकी, लियो क्लब अफ पथरीकी अध्यक्ष एन्जिला पोख्रेल लगाएतको उपस्थिति रहेको थियो।


कार्यक्रममा एकाउन्न पिन्ट रगत संकलन भएको प्रभात क्लबका अध्यक्ष नवीन जङ कार्कीले बताए । आजै सोमबारे बजारमा आयोजना गरिएको घैला फुटाइ कार्यक्रममा बिक्रम बस्नेत प्रथम भएका छन् ।

सात दिन सम्म संचालन हुने कार्यक्रममा म्याराथुन, स्लो बाइक, स्लो साइकल, हाजिरी जवाफ, रचना वाचन, रक्तदान, हात धुने तालिम, ढल्के जोबन फुटबल, तृष्ण बुद्धि परिक्षण, सास्कृतिक कार्यक्रम, जातिय झाकी लगाएतका कार्यक्रमहरु रहेका छन् ।

सम्बन्धित खवर