पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका पशुपन्छी शाखाले आज पशुहरुमा प्रयोग हुने एन्टिबायोटिक्स रेसिडियु, एन्टिबायोटिक्स रेसिस्टेनस, प्रुडेनेटयुज अफ एन्टिबायोटिक्स सम्वन्धमा अन्तरक्रिया गरेको छ ।
४ नम्वर वडा कार्यालयमा आयोजित पशु सेवामा कार्यरत प्राविधिकहरुसंगको सो सम्बन्धि अन्तरक्रिया कार्यक्रमको नगर प्रमुख दिलिपकुमार राईले उदघाटन गर्नुभयो । कार्यक्रममा नगरमा रहेका ३५ जना पशु प्राविधिकहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा विषय विशेज्ञ डा. निशान्त शाह, हेमचन्द्र दाहाल, पर्वत शाह, गणेश शिवाकोटी लगायतले विषयबस्तु माथी प्रष्ट पार्नुभयो ।