नगर भवनको लागि जग्गा व्यवस्थापनका विषयमा कार्यपालिकामा छलफल

नगर भवनको लागि जग्गा व्यवस्थापनका विषयमा कार्यपालिकामा छलफल

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयको पछिल्लो बैठकले कार्यालय भवनको जग्गा व्यवस्थापन पहल सहितका विषयमा छलफल गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा बसेको बैठकले कार्यालय भवनका लागि जग्गा खोजविन समितिबाट पेश भएको प्रतिवेदनमाथि छलफल गरेको छ । उपप्रमुख यमुना विष्ट वास्तोलाको संयोजकत्वको समितिले जग्गा प्राप्तिको प्रक्रियाका लागि सम्बन्धित संघीय मन्त्रालयहरुमा हालै कागजात पेश गरिएको बैठकमा जानकारी गराइएको छ । सो बारे अर्काे बैठकमा बाँकी छलफल हुने नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाउनु भयो ।

बैठकमा, पहिलो चरणमा नगरका ५ वटा वडा कार्यालयको भवन निर्माणका लागि बहुवर्षीय योजनाका रुपमा काम थालनी गर्ने, वडाबाटै ५ लाखसम्मका योजना सम्झौता गर्ने, नगर अस्पताललाई थप व्यवस्थित गर्ने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो । साथै बैठकले पथरी बजार क्षेत्रमा नगरपालिकाको जग्गामा सपिङ कम्प्लेक्स निर्माणको डीपीआर बनेको विषयमा समेत छलफल गरेको छ । उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन कार्यविधि पारित गरेको छ ।

सम्बन्धित खवर