उन्नत जातको आलुको विउ वडा वडामा, आयो अनुदानमा

उन्नत जातको आलुको विउ वडा वडामा, आयो अनुदानमा

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले ७५ प्रतिशत अनुदानमा नगरमा कृषकका लागि उन्नत जातको २० क्विन्टल आलुको विउ वितरण गरेको छ ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला तथा कृषि शाखाका कर्मचारीहरुको सहभागितामा वडा वडाका लागि आलुको विउ वितरण गरिएको हो ।

जनकदेव जातको उन्नत आलुको विउ १० वटा वडाका लागि प्रति वडा २ क्विन्टलका दरले प्रदान गरिएको छ । कृषकहरुलाई वडा कार्यालय मार्फत वितरण गरिने छ ।

सम्बन्धित खवर