मावा समृद्धि सहकारीले लगायो शेयर सदस्यको उठिबास

मावा समृद्धि सहकारीले लगायो शेयर सदस्यको उठिबास

उर्लाबारी, उर्लाबारी – ७ स्थित मावा समृद्धि बहुउदेश्यि सहकारी संस्थाका अध्यक्ष र सचिवको मिलेमतोमा एक शेयर सदस्य ऋणीको घरजग्गा दृृष्टिबन्धक पास गर्नुपर्नेमा राजीनामा पास गरेको खुलाशा भएको छ ।

उर्लाबारी – ४ फुलबारी चोककी कमला तामाङले १० धुर जग्गा र डेढ तले आरसीसी घर धितो राखेर सो सहकारीबाट रु २५ लाख ऋण लिएकी थिईन् । यद्यपि संस्थाका अध्यक्ष ध्रुबचन्द्र पराजुली र सचिव मात्रिका दाहालले संस्थाको नाममा दृष्टिबन्धक पास नगरी सोझैँ आफ्नै नाममा राजीनामा पास गरेको पीडित कमला तामाङले शनिवार उर्लाबारीमा पत्रकार सम्मेलन आयोजना गरेरै जानकारी दिईन् ।

२०७४ भदौँ १८ गते सो सहकारीको साधरण शेयर सदस्य भई नियमित रुपमा कारोबार गर्दै आएकी तामाङले २०७५ माघ १३ गते दुई लाख ५० हजार शेयर रकम पुर्याएकी थिईन् । उर्लाबारीको मधुमल्ला रोडमा हेवन भ्याली होटल संचालन गर्दै आएकी तामाङले आफ्नो व्यवसायलाई स्तरोन्नतिका लागि सहकारीबाट रु २५ लाख ऋण माग गरेकी थिईन् ।

सहकारीलाई देखाएर ऋण उपलब्ध गराएपनि अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीको नाममा नभई जग्गा र घर आफ्नै नाममा राजीनामा पास गराएको खुलेको हो । जाल साजी गरी अध्यक्ष पराजुली र सचिव दाहालले सहकारीमा राखिएको भनिएको घरजग्गा आफ्नै नाममा पारेको थाहा पाएपछि ऋणी कमला तामाङका नाबालक छोराहरु कर्मा छिरिङ तामाङ र लेकी दोर्जे तामाङले जिल्ला अदालत मोरङमा अंश हकदाबी गर्दै मुद्धा दायर गरेका थिए । गत कार्तिक २४ गते संस्थामा तामाङको नाममा रहेको रु १७ लाख ५० हजार ८१५ साँवा ब्याज चुक्ता गरेको देखिएको छ । तामाङले गत फागुनसम्ममै रु ८ लाख किस्ता बुझाईसकेकी थिइन् । यसअघि कमला तामाङले सुनचाँदीको कारोबार समेत गर्ने सचिव दाहालको पसलमा एनएमबी बैँकको चेकबुक छाडेकी थिईन् । सोही क्रममा अध्यक्ष र सचिवले एकप्रति चेक गायब गरेको तामाङले बताईन् ।

मुद्धाका क्रममा अदालती पक्रिया सुरु भएपछि सोही चेकमा कमला तामाङको किर्ते हस्ताक्षर गरी कात्तिक २४ गते नै एनएमबी बैँकमा रु १७ लाख १६ हजार ६५० निकाल्न खोजिएको देखिएको छ । सोही दिन सहकारी संस्थामा आफ्नो नाममा रहेको ऋण चुक्ता गराई सोही चेकमार्फत बैँकबाट पुन रकम निकाल्न खोजेको तामाङले बताईन् ।

तामाङको खाताका सो बराबरको रकम नदेखिएपछि सहकारीका व्यवस्थापक अशेषकुमार थापाले संस्थाको लेटर प्याडमार्फत एनएमबी बैँक मधुमल्ला शाखालाई तामाङको खातालाई कालो सुचीमा राखि कारबारी अगाडी बढाउन भन्दै निबेदन दिएका थिए । पिडीत तामाङले पत्रकार सम्मेलन मार्फत आफुलाई न्याय दिलाईदिन सहकारीका नियमक निकाय लगायत सम्बन्धित सरोकारवाला सबैमा आग्रह गरेकी छिन् । उनले आफुलाई सहकारीको नाममा ऋण दिएर ब्यक्तिको नाममा घरजग्गा पास गराएको भन्दै अध्यक्ष पराजुली र सचिव दाहाललाई कारबाही गर्न सम्बन्धित निकायमा आग्रह गरेकी छिन् ।

सम्बन्धित खवर