प्रभात रजत महोत्सवको अबसरमा सरसफाइ कार्यक्रम

प्रभात रजत महोत्सवको अबसरमा सरसफाइ कार्यक्रम

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा रहेको प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाइरहेको छ ।

आज दोश्रो दिन सरसफाइ कार्यक्रम अन्तरगत सोमबारे बजार र दुर्गा मन्दिर परिसर सरसफाइ गरेको छ ।

हिजो बुद्ध माविको प्राङ्गणमा अन्तर विद्यालय स्तरिय हाजिरीजवाफ कार्यक्रम र नबनिर्मित क्लब भवनमा रचना वाचन कार्यक्रम आयोजना गरि नगर प्रमुख दिलिप कुमार राइको हातबाट महोत्सव सुरु गरिएको थियो ।

सात दिन सम्म संचालन हुने कार्यक्रममा म्याराथुन, स्लो बाइक , स्लो साइकल, हाजिरी जवाफ, रचना वाचन, रक्तदान, हात धुने तालिम, ढल्के जोबन फुटबल, तृष्ण बुद्धि परिक्षण, सांस्कृतिक कार्यक्रम, जातीय झाकी लगाएतका कार्यक्रमहरु रहेको अध्यक्ष नविनजंग कार्कीले जानकारी दिएका छन् ।

सम्बन्धित खवर