डिपो ‘ए’ को विजयी शुरुवातसोह्रौं ललित–अम्बर डिपो कप

डिपो ‘ए’ को विजयी शुरुवातसोह्रौं ललित–अम्बर डिपो कप

सोह्रौं ललित–अम्बर डिपो कपमा आयोजक डिपो ‘ए’ ले विजयी शुरुवात गरेको छ ।
डिपो माविको आयोजनामा शुक्रबारबाट शुरु भएको प्रतियोगितामा डिपो ‘ए’ ले मेरिल्याण्ड स्कुललाई २–१ गोल अन्तरले पराजित गरेको छ । खेलमा डिपोबाट माङसाम लिम्बूले २ गोल गरे भने मेरिल्याण्डबाट सान्तवना गोल आर्यन तामाङले गरे । अब मेरिल्याण्ड दिलकुमार प्लेट च्याम्पियनका लागि सहभागी बन्न पाउने भएको छ । पहिलो चरणमा पराजित टिमहरूले दिलकुमार प्लेट च्याम्पियनमा सहभागी बन्न पाउने स्कुलका प्राचार्य राजकुमार राईले बताए । खेलको म्यान अफ दी म्याच मेरिल्याण्डका जुएस राई घोषित हुँदै प्रमाण–पत्र पाए ।
प्रतियोगितामा आयोजकसहित १३ वटा टिम सहभागी छन् । प्रतियोगिता अन्तर्गत आज (शनिबार) तीन वटा खेल हुँदै छन् । प्रतियोगितामा पहिलो खेल डिपो ‘बी’ र धरान आदर्श स्कुलबीच हुँदै छ । दोस्रो खेल इममानुयल स्कुल र नवज्योती स्कुल साथै तेस्रो खेल इस्र्टन इजुकेसन एकेडेमी र इकवा डेनसिटी स्कुलबीच खेल हुँदै छ
प्रतियोगितामा विजेताले नगद १० हजार, दोस्रोले नगद ५ हजार र तेस्रोले नगद ३ हजार रुपैयाँसहित ट्रफी र प्रमाण पत्र पाउने छन् । त्यस्तै दिलकुमार प्लेट च्याम्पियनले भने नगद ३ हजार र दोस्रोले २ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर