बेलबारीमा ड्रिमल्याण्ड फन पार्क बनिँदै

बेलबारीमा ड्रिमल्याण्ड फन पार्क बनिँदै

मोरङको बेलवारी नगरपालिका–३ स्थित आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न फन पार्क निर्माणको कार्य अघि बढेको छ ।
नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटकहरु भित्र्याउने लक्ष्य सहित नेपाल भम्रण वर्ष घोषणा गरे सँगै पुर्वी नेपालमा समेत निजी स्तरबाट पर्यटन प्रवर्धनमा टेवा पुग्ने गरि हरेक गतिविधि सञ्चालनमा आएको हो ।
पर्यटन व्यवसायका क्षेत्रमा राम्रो दखल राख्ने भएकाल एक दम्पतीले आगामी जनवरी देखि सञ्चालनमा ल्याउने लक्ष्य सहित बेलबारीमा फन पार्कको निर्माण गर्न लागेका हुन् । स्थानीय क्षेत्रको विकासमा समेत टेवा पुर्याउदै आफुमा भएको सिप र क्षमता आफनै ठाउँमा खर्चनु पर्ने ड्रिमल्याण्ड फन पार्कका सञ्चालकहरुले बताएका छन् ।
१० करोडको लागतमा निर्माणाधिन पार्क स–साना बालबालिका देखि ठूला अभिभावकहरुलाई समेत आकर्षित गर्ने उद्देश्यले निर्माण भई रहेको सञ्चालिका सुषमा आचार्य सुवेदीले बताईन् ।

सम्बन्धित खवर