मापसे चेकजाँच गर्ने प्रहरी इञ्चार्ज नै नशामा

मापसे चेकजाँच गर्ने प्रहरी इञ्चार्ज नै नशामा

मादक पदार्थ सेवन (मापसे) चेकजाँचमा खटिएका प्रहरी इञ्चार्जले नै मापसे गरेको भेटिएपछि कारवाहीका लागि तानिएका छन् । मापसे गरी विराटनगर आयल निगमअगाडि सवारी साधन चेकजाँच गरिरहेका प्रहरी सहायक निरीक्षक (असइ) ताराबहादुर बस्नेत कारबाहीका लागि तानिएका हुन् ।
बस्नेतले बिहीबार साँझ मदिरा सेवन गरी सवारी चालकले मापसे गरे नगरेको जाँच गरिरहेका थिए । नेपाल आयल निगम नजिकै रहेको प्रहरी चौकी इञ्जार्च रहेका बस्नेतलाई कारवाहीका लागि तानिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ड्युटीमा आफैँ मापसे (मादक पदार्थ सेवन) गरेर सवारी साधनका चालकको मापसे चेकजाँच गरिरहेको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा डिएसपी राजकुमार खिइजू चेकजाचस्थल पुगेका थिए । ‘शंका लागेर जाँच गर्दा सामान्य मापसे गरेको देखियो,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी राजकुमार खिइजूले भने ‘विभागीय कारवाहीको तयारी भइरहेको छ ।’
कोशी अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट बस्नेतले मापसे गरेको पुष्टि भएको थियो । उनी केही दिनअघि मात्र बरगाछी चौकीको इञ्चार्जको रूपमा तोकिएका थिए ।

सम्बन्धित खवर