कांग्रेसले नमाज विथोेलेकोमा मुस्लिम समुदायको आपति

कांग्रेसले नमाज विथोेलेकोमा मुस्लिम समुदायको आपति

धरान ३ स्थित जामे मस्जिदमा नियमित प्रत्येक शुक्रबार हुने मुस्लिम समुदायको नमाज(धार्मिक प्रार्थना)लाई चुनावी प्रचारको नाममा नेपाली कांग्रेसले बिथोलेकोमा मुस्लिम समुदायले आपति जनाएको छ ।
पुर्व गृहमन्त्री कृष्ण सिटौलासहित चुनावी प्रचारमा पुगेको नेपाली कांग्रेसको अराजक गतिविधिले मुस्लिमहरुको ध्यान भड्काएको भन्दैं मस्लिमहरुको साझा संस्था अन्जुमन इस्लामियाले आपति जनाएको हो ।
जामे मस्जिदमा हरेक शुक्रबार दिउँसो १ बजेदेखि साढे १ बजेसम्म नमाज(धार्मिक प्रार्थना) हुने गर्छ । नमाज एकदमै शान्त वातावरणमा हुनुपर्छ ।
त्यसबेला कोही पनि मञ्जिद भित्र प्रवेश गर्न र बाहिर निस्कन पनि मिल्दैन । तर, आज शुक्रबार नमाज सकिन लाग्दा दिउँसो कबिर १ बजेर २५ मिनेटमा कांग्रेसका नेता सिटौलासहितको समुह एक्कासी मञ्जिदको मुल प्रवेश गेटमा पुगेर भोट माग्ने कामले धार्मिक प्राथना विथोल्ने काम गरेको संस्थाका अध्यक्ष शेख युसुफ अलिले जानकारी दिए ।
चुनाव प्रचारमा आएको कांग्रेसका नेता, कार्यकर्ताहरुले माइकिङ गरेपछि नमाज विथोलियो । समुहको प्राथना सकिएर व्यक्तिगत प्राथना चलिरहदा कांग्रेस नेता सिटौलासहितको समुहले माइकको स्पिकर मञ्जिद भित्र फर्काएर माइकिङ सहित नाराबाजी गरेका थिए ।
कांग्रेस उम्मेदवार तिलक राई धार्मिक आस्था तथा अनुशासन उल्लंघन गर्दै मञ्जिद भित्रै भोट माग्न छिरेका थिए । कांग्रेसको यो अराजक गतिविधिले मञ्जिदमा केही समय आतंकित तुल्यायो । यस्तो घटना मस्जिदमा पहिलो पटक भएको मुस्लिम अगुवाहरुको भनाई छ ।

सम्बन्धित खवर