नेशनल मेडिकल कलेजमा विधार्थी र कलेज प्रशासन बीच झडप

नेशनल मेडिकल कलेजमा विधार्थी र कलेज प्रशासन बीच झडप

 

नेशनल मेडिकल कलेजमा आन्दोलनरत विद्यार्थीहरु र कलेज प्रशासन बीच झडप भएको छ ।
कलेज प्रशासनको कोटाबाट एमबीबीएस पढिरहेका विद्यार्थी र आन्दोलनरत विद्यार्थीबीच शुक्रबार साँझ होस्टेलमा झपड भएको हो ।
प्रशासन कोटाबाट पढिरहेका विद्यार्थीले आन्दोलनरत महिला विध्यार्थीहरुलाई पनि हातपात गरेको जनाइएको छ ।
अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेसनल मेडिकल कलेजका विद्यार्थीहरुलाई बिहीबार साँझ कलेज सञ्चालक बसरुद्धिन अन्सारीको निर्देशनमा खटेका व्यक्तिले कलेजभित्र प्रवेश गर्न रोकेका थिए ।
होस्टेलभित्र छिर्न नदिएर कलेज सञ्चालक अन्सारीले विद्यार्धीलाई कुटपिट गर्ने र मार्ने धम्की दिएका थिए ।

सम्बन्धित खवर