पथरीमा चासोक तङनाम भव्य हुने, कार्यक्रममा मन्त्री आङ्वो आउँदै

पथरीमा चासोक तङनाम भव्य हुने, कार्यक्रममा मन्त्री आङ्वो आउँदै

पथरी, लिम्बु जातिको महान पर्व चासोक तङनाम फुङ्सोक उत्सव उधौली पुजाको अवसरमा मोरङको पथरीशनिश्चरेमा विविध कार्यक्रम हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङ नगर शाखा पथरीशनिश्चरे तथा सिरिजंगा स्मृति धार्मिक वन पथरीशनिश्चरेको आयोजनामा विभिन्न खेलकुद प्रतियोगिता तथा सांगितिक कार्यक्रम हुने भएको हो । मंसिर २३ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले कार्यक्रमको उद्घाटन गर्ने र २६ गते प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो लिम्बुले कार्यक्रमको समापन गर्नेछन् ।

कार्यक्रमको पहिलो दिन २३ गते सिरिजंगा स्मृति पुरुष भलिबल खेल तथा महिला भलिबल प्रतियोगिता रहने छ, जसमा पुरुषतर्फको भलिबलमा प्रथम हुने टिमले ५५ हजार र दोश्रो हुने टिमले ३५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । दुवै पुरस्कारलाई पथरीशनिश्चरे नगरपालिकाले प्रायोजन गरेको छ । त्यस्तै महिला भलिबलतर्फ विजेताले ३५ हजार र उपविजेताले २५ हजार प्राप्त गर्नेछन् जसलाई विजेताको पुरस्कार प्रायोजन पर्शुराम कार्कीले गरेका छन भने उपविजेतातर्फको पुरस्कार कोपीला सिरेङ चोङवाङले प्रायोजन गरेकी छिन् ।

त्यस्तै २५ गते सो लिम्बु समुदायको ऐतिहासि खेल पक्लुङ लेप्मा ९छेलो०, हप्रिङ लक्मा ९लङ जम्प०,लि–तोङ आप्मा ९धनु हान्ने० लगायतका कार्यक्रम तथा २६ गते उद्यौलि पुजाको साथै अक्षेता र फुलपाति वितरण गरिने कार्यक्रम रहेको आयोजनाले जानकारी दिएको छ । कार्यक्रममा स्थानिय कलाकारका साथै राष्ट्रिय कलाकार तारा प्रकाश लिम्बूको प्रस्तुतिसमेत रहनेछ । इ सम्पूर्ण कार्यक्रमहरु सिरिजंगा स्मृति धार्मिक वन क्षेत्रमा हुने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर