व्यापारीको हत्या आरोपमा श्रीमान् र श्रीमती नै पक्राउ

व्यापारीको हत्या आरोपमा श्रीमान् र श्रीमती नै पक्राउ

इनरुवा, सुनसरी जिल्ला सदरमुकाम इनरुवामा जिल्ला अदालत स्थित इनरुवा ३ सोमबारे हाटका ४० वर्षीय कारी यादवको हत्या आरोपमा श्रीमान र श्रीमती नै पक्राउ परेका छन् । कारी यादवले छिमेकी अनिता पंडितसंग घरबाहिर अनैतिक त्रियाकलाप गरि रहेको अवस्था पंडितका श्रीमान अशोक पंडितले यादवको हत्या गरेको बताएका छन् ।

पण्डितले भाडो बनाउने घरेलु हतियारले पछाडिबाट आक्रमण गरि घाटीमा पलाष्टिकको डोरी बांधेर यादवको हत्या गरेको अनुसंधानबाट खुलेको हो। हत्यामा श्रीमान र श्रीमती दुवैको संलग्नता रहेको अनुसंधानमा पाइएको छ। इनरुवा ३ सोमबारे हाटका कारी यादव हत्यामा छिमेकी अशोक पण्डित र उनकी श्रीमती अनिता पण्डितको प्रत्यक्ष संलग्नता खुलेको हो । प्रहरीले पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुवैलाई सार्वजनिक समेत गरेको छ ।

पक्राउ परेकाहरुसँगको बयान तथा खोज अनुसन्धानका क्रममा कारी यादवको हत्यामा अनैतिक सम्वन्ध प्रमुख कारण रहेको खुलेको हो । अनिता र यादवबिच अनैतिक सम्वन्धको कुरा प्रहरी अनुसन्धानको क्रममा समेत खुल्न आएको बताइएको छ । कल डिटेल र वस्तुस्थिति अध्ययनका क्रममा अशोक र अनितालाई पक्राउ गरि प्रहरीले म्याद थप समेत गरेको छ ।
प्रहरी उपरीक्षक यज्ञबिनोद पोखरेलले पत्रकार सम्मेलन गरि घटना विवरण सार्वजनिक गरेका हुन् ।

पत्रकार सम्मेलनकाबिच अशोक र अनिताले हत्या गरेको समेत स्विकारेका छन् । पत्रकार सम्मेलनमा अनिताले कारीले बोलाएर आफुमाथि जबरजस्ती गर्न खोजेको बताएकी छिन् ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार रातीको ११ बजेको समयमा कारी र अनिता बिच फोनमा कुराकानी भएपश्चात हत्या भएको जानकारी प्रहरीले दिएको छ । प्रहरीका अनुसार कारीले फोन गरेर अनितालाई घरबाहिर बोलाएका थिए ।

हत्या पश्चात अशोकले यादवको शव घिसारेर मृतक यादवकै घर पछाडी लगि छाडेका थिए । अनिताले भने कारीको मोबाइल आगोमा हालेर डढाएको पाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: