इटहरी, स्वतन्त्र रूपमा पत्रकारीता गर्दै आएका सुनसरिका कृयाशिल पत्रकारहरूको संगठन स्वतन्त्र पत्रकार संघ सुनसरीले शुक्रबार इटहरीमा पहिलो बैठक सम्पन्न गरेको छ । बैठकमा तत्काल इटहरीमा कार्यालय स्थापना गर्ने, बैंक खाता सञ्चालनमा ल्याउने, सदस्यता बृद्धि लगायत अन्य आवश्यक बिषयहरूमा छलफल गरी निर्णय गरेको छ ।
इटहरीको बिराटनगर रोडस्थित पाथिभरा होटलको सभाहलमा आयोजित स्वतन्त्र पत्रकारहरूको भेलाले रिक्त रहेका पदहरू पनि पुरा गरेको छ । जस अनुसार कोषाध्यक्षमा इनरूवाका कृयाशिल पत्रकार नशिम अन्सारी, सदस्यहरूमा दुहबिका राम प्रशाद आचार्य र सञ्जय चौधरीलाइ चयन गरिएको छ । त्यसैगरी भेलाले सुनसरी जिल्ला प्रसाशन कार्यालयमा संस्थालाई सुचिकृत गराउने र जिल्लाका १२ वटै स्थानीय तहहरूमा पुगेर परिचयात्मक कार्यक्रमहरू गर्ने जस्ता निर्णग गरेको छ । भेलाले कुनैपनि राजनीतिक दलमा आवद्ध नभएका स्वन्तत्र रूपमा पत्रकारीता गर्दै आएका त्यस्ता पत्रकारहरूलार्इ सक्दो समेटेर अघि बढने निर्णय समेत गरेको छ ।
संघका अध्यक्ष खगेन्द्र कार्कीको सभापतित्वमा सम्पन्न पहिलो बैठकमा केन्द्रिय कोषाध्यक्ष सालिग्राम पाण्डे, केन्द्रिय सदस्य मोहन ढकाल, प्रेम पुरी र १४ जना कार्यसमितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।