कांग्रेसले जितेमा वडा वडामा मेयर सुझाव पुस्तिका राख्छौँ ः राई

कांग्रेसले जितेमा वडा वडामा मेयर सुझाव पुस्तिका राख्छौँ ः राई

धरान, धरानको मेयरमा नेपाली कांग्रेसका तिलक राईले जितेमा सम्पुर्ण वडा कार्यालयमा मेयर सुझाव पुस्तिका राखिने भएको छ । वडाबासीहरुको गुनासो सम्बोधन गर्न वडा कार्यालयहरुमा मेयर सुझाब पुस्तिका राख्ने नेपाली कांग्रेस धरानका पुर्व सभापति किशोर राईले बताएका छन्।

धरान–१७ को सुनौला मार्गका स्थानियहरुको निमन्त्रणामा जन गुनासो टिपोट गर्न पुगेका राईले एक पटक नेपाली कांग्रेसको नेत्रित्व पाए नगरको बेथिति अन्त्य गराउने बताए ।

नगरले बढाएको कर र मुल्य बृद्धी नेपाली कांग्रेसले नियन्त्रण गर्ने उनले दाबी गरे । उनले नेपाली कांग्रेसको जुझारु र योग्य तिलक राई धराने ठिटो रहेकाले ऊ प्रति बढेको जनलहरले कम्युनिष्टको सातो गएको समेत जनाए ।

सम्बन्धित खवर