साग ओलम्पिक टर्च ¥याली काठमाडौंबाट शुरू

साग ओलम्पिक टर्च ¥याली काठमाडौंबाट शुरू

१३औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च ¥याली काठमाडौँबाट सुरु भएको छ । स्वयम्भू मन्दीर परिसरमा वरिष्ठ ओलम्पियन पूर्व धावक जितबहादुर केसीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले टर्च हस्तान्तरण गरे ।
नेपाली ओलम्पियनहरुले ओलम्पिक टर्च देशका प्रमुख शहर र सात प्रदेशमा पुर्याउने कार्यक्रम रहेका छ । पहिलो दिन ¥याली प्रदेश १ को विराटनगर, दोश्रो दिन प्रदेश २ को जनकपुर, तेश्रो दिन प्रदेश ३ को हेटौंडा र चितवन, चौथो दिन प्रदेश ५ को लुम्बिनी र बुटवल, पाँचौं दिन कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, छैटौं दिन सुदूरपश्चिम प्रदेशको धनगढी तथा सातौं गण्डकी प्रदेशको पोखरा लगिने छ ।
आठौं दिन टर्चलाई पोखरामा नगर परिक्रमा गराइने छ। नवौं दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराइ साग उद्घाटनस्थल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दीप प्रज्ज्वलन गर्रि याली सम्पन्न हुनेछ ।
¥यालीमा ओलम्पियनहरु तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापालगायतको सहभागिता रहने छ ।
सात राष्ट्रको सहभागितमा ३ हजार भन्दा बढी खेलाडीले भाग लिने सागमा २६ खेल समावेश छन्। सागको मंसिर १५ मा उद्घाटन र २४ गते समापन हुनेछ ।

सम्बन्धित खवर