नेपाल–भारत सीमानाका चार दिन बन्द

नेपाल–भारत सीमानाका चार दिन बन्द

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका शुक्रबार अपराह्नदेखि चार दिनका लागि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मंसिर ९ सम्म नाका बन्द रहने छ।
मंसिर ८ मा भारतमा विधानसभाको उपनिर्वाचन हुने भएकाले सुरक्षा संवेदनशीलता कारण शुक्रबार साँझ ५ बजेदेखि मंसिर ९ साँझ ५ बजेसम्म सीमानाका बन्द हुने जनाइएको छ ।
सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नु परेमा आपसी सहमतिमा खोल्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।
यसअघि गत असोज १८ मा भारतको पिथौरागढमा जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचन हुँदा पनि असोज १६ देखि १८ गतेसम्म तीन दिन झुलाघाट नाका बन्द गरिएको थियो।

सम्बन्धित खवर