अमेरिकाद्वारा चीनको आलोचना गर्दै एक विवादित विधेयक पारित

अमेरिकाद्वारा चीनको आलोचना गर्दै एक विवादित विधेयक पारित

हङकङमा जारी प्रदर्शनबारे अमेरिकी संसदले एक विधेयक पारित गरेको छ। उसले लोकतन्त्रको पक्षमा जारी हङकङको प्रदर्शनमा चीनले मानव अधिकार उल्लंघन गरेको ठहरसहित विधेयक पारित गरेको जनाइएको छ।
चीनले हङकङमा जारी प्रदर्शन कमजोर पार्न आफ्नो सेना परिचालन गरेको र अलोकतान्त्रिक व्यवहार प्रदर्शन गरेको भन्दै अमेरिकाले मानव अधिकारको मामिलामा चीन कमजोर रहेको आरोप लगाएको छ।
हङकङमा ६ महिनादेखि जारी लोकतन्त्र पक्षधरहरुको आन्दोलनलाई विधिन्न समयमा आफ्नो वक्तव्यमार्फत समर्थन र चिनियाँ भूमिकाको विरोध गर्दै आएको अमेरिकाले ‘हङकङ ह्युमन राइट्स एण्ड डेमोक्रेसी एक्ट’ नामक विधेयक पारित गरेको हो।
उता हङकङका प्रदर्शनकारीले अमेरिकासँग पटकपटक सहयोग माग्दै आएका छन्। उनीहरुले अमेरिकाले पारित गरेको विधेयकलाई पनि तत्काल कानूनका रुपमा परिणत गरी कार्यान्वयन गर्न अपिल गरेका छन् ।
अमेरिका भने चीनसँग पटकपटक व्यापारका विषयमा विवादित रहेकामा यस विधेयकका कारण झनै विवादित हुने देखिएको छ। यसअघि दुबै देशले एक अर्का देशको सामानमा व्यापक कर बढाउँदै आएका थिए।

सम्बन्धित खवर