चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता हुने

चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखेनाच प्रतियोगिता हुने

चैनपुरमा एक नम्बर प्रदेश स्तरिय लाखे नाच प्रतियोगिता हुने भएको छ । चैनपुर सेवा युवा क्लबको आयोजना र नेवाः देय दबु चैनपुर नगर समितिको समन्वयमा लाखेनाच प्रतियोगिता हुने भएको हो ।
संखुवासभाको चैनपुर बजारमा मंसिर ७ गतेदेखि ९ गतेसम्म हुने प्रतियोगिताको सम्पूर्ण तैयारी पूरा भएको जनाइएको छ । जिल्लाको सांस्कृतिक पर्यटन प्रवर्धनका लागि लाखेनाच प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रदेश १ का १४ जिल्लाका ४० टिमले नाम दर्ता गराएको चैनपुर समाज सेवा युवा क्लवका अध्यक्षले जनाएको छ । लाखेनाच संस्कृति सम्वन्धी बिज्ञहरुले लाखेनाच प्रतियोगिताको मूल्यांकन गरि उत्कृष्ट प्रथम द्वितिय र तृतिय टिमको छनौट गरिने बताईएको छ ।
प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाण पत्र सहित नगद ५५ हजार ५ सय ५५, द्वितिय हुनेले ३३ हजार ३ सय ३३, तृतिय हुनेलाई २२ हजार २ सय २२ र सान्त्वना हुने टोलीलाई ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित खवर