अन्तराष्ट्रिय बाल दिवस श्री रामचन्द्र माध्यमिक विद्यालयमा भव्यताको साथमा सम्पन्न

अन्तराष्ट्रिय बाल दिवस श्री रामचन्द्र माध्यमिक विद्यालयमा भव्यताको साथमा सम्पन्न

विवेक शर्मा, रौतहट

रौतहटको गरुडा नगरपालिकाको वार्ड नं. ८ मा रहेको श्री रामचन्द्र माध्यमिक विद्यालयले आज अन्तराष्ट्रि««य बाल दिवस भव्यताको साथमा समपन्न गरेको छ। आर डि सि नेपालको सहयोगमा र उक्त विद्यालयको आयोजनामा यो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम रामचन्द्र माध्यमिक विद्यालयका प्रधानध्यापक जंग बहादुर ठाकुरको अध्यक्षतामा आर डि सि नेपालको अध्यक्ष पासर हुसेनको विशिष्ट अतिथिमा र आर डि सि सहजकर्ता मंगल साहको प्रमुख अतिथिमा स्रम्पन्न भएको हो ।


बाल दिवसको अवसरमा भएको कार्यक्रममा विभिन्न किसिमको कार्यक्रम हाजरिजवाफ प्रतियोगिता, गायन प्रतियोगीता, नृत्य प्रतियोगीता र बक्तृत्व कला प्रतियोगिता भव्यताको साथमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा बोल्दै आर डि सि का अध्यक्ष पासरले भन्नु भयो कि यो विद्यालयको बाल बालिकामा विभिन्न किसीमको अन्तरनिहित प्रतिभाहरु रहेको छ। यो प्रतिभाहरुलाई उज्जागर गर्न यस्तै विभिन्न किसिमको कार्यक्रमहरु आयोजना गर्नु आवश्यक रहेको छ। जसले गर्दा विद्यार्थीहरुको चौर्तफी विकास हुन्छ । यसको साथै विगतका दिन भन्दा यो विद्यालय राम्रो भएको र भविष्यमा रौतहट मात्र नभएर मदेशमै नमुनाको रुपमा बन्ने सम्भावना रहेको उद्रित समेत गर्नु भएको छ।

उक्त विद्यालय हरेक शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा विद्यार्थीहरुको मेहनत र लगनसिलताका कारणले मात्र राम्रो भएको प्रअ जंगवहादुर ठाकुरले बताउनुभयो ।

सम्बन्धित खवर