सुमन श्रेष्ठ, अमरदह
भारतले सिमाना मिचेको भनेर देशभर चलिरहेको भारत बिरोधी अभियानका क्रममा अमरदह पनि तातेको छ । बुधबार मोरङको सुनवर्षी २ अमरदहमा आयोजना गरिएको कार्यक्रममा स्वतस्फूर्त रुपमा सयौँको संख्यामा स्थानीयहरु सहभागी भएका थिए ।
कार्यक्रमा वक्ताहरुले मोदीको भन्दा पनि पहिले नेपालका नेताहरुको पुत्ला जलाउनुपर्ने बताए । देशका लागि कुठाराघात गर्ने नेपालका सबैपार्टीका नेताको पुत्ला जलाउनुपर्ने वडा नं. २ अध्यक्ष समेत रहेका प्रताप तामाङले बताए । मोदी सरकारले कसरी भारतमा नेपालको भूमि राखेर नक्सा सार्वजनिक ग¥यो ? यस विषयमा नेपालका नेताहरु जवाफदेही हुनुपर्ने भन्दै वक्ताहरु आक्रोसित भएका हुन् । आफ्दै देशका नेतहरुका कारण आज देशले कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता कयौँ भूभाग गुमाउनु परेको वक्ताहरुले बताए । यदि भारतले बार्ताको माध्यमबाट नेपनली भूमि फिर्ता नगरे बीर गोर्खाली नेपालीहरुले फेरीपनि युद्ध गरेर भएपनि आफ्नो जमिन फिर्ता लिने वक्ताहरुले बताए । कोणसभामा वडा अध्यक्ष प्रताप तामाङ, स्थानीय हेमेश्वर राई, नरबहादुर भण्डारी र महेश्वर राजवंशीले सम्बोधन गरेका थिए ।
अमरदहमा रहेका २ वटा संस्थागत विद्यालय अरनीको मेमोरियल, माउण्ट एभ्रेष्ट अङ्ग्रेजी स्कुल र सामुदायिक विद्यालय बिरेन्द्र सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारीहरु सहित स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो । नरबुङ चोकबाट सुरुभएको ¥यालीले अमरदह बजार हुदैँ बराल टोल सम्म पुगेर पूनः अमरदह बजारमा आएर कोणसभा गरेको हो । ¥यालीमा भारतीय विस्तारबाट मुर्दाबाट, जाली नक्सा खारेज गर, लिपुलेक हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो, कालापानी हाम्रो हो, गो ब्याक इन्डिया जस्ता नाराहरु लगाएका थिए ।