आठौ राष्ट्रिय कर दिवसको अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

आठौ राष्ट्रिय कर दिवसको अवसरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

राजकुमारी तामाङ

आठौ राष्ट्रिय कर दिवस २०७६ को अवसरमा मोरङको पथरीमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आन्तरिक राजश्व कार्यालय विराटनगरको आयोजना पथरी उद्योग बाणिज्य संघको सभाहलमा मंगलबार सो अन्तरक्रिया भएको हो ।
सो अन्तरक्रिया कार्यक्रममा राजस्व कार्यालय विराटनगरका प्रमुख कर अधिकृत विमल सापकोटाको प्रमुख आतिथ्य, पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतको अध्यक्षता,कर अधिकृत हरिप्रसाद सेढाइको आथित्यतामा गरिएको थियो ।
कार्यक्रमलाई कर अधिकृत हरिप्रसाद सेढाइले सहजिकरण गरेका थिए । त्यस अवसरमा व्यवसाय दर्ता, खरिद र वित्री खाता प्रमाणित, अभिलेख राख्ने तरिका र नियम अनुसार नभए जरिवाना लगायतको बारेमा जानकारी दिइएको थियो ।

सम्बन्धित खवर