कांग्रेसको घोषणा पत्रमा काण्डै काण्डको चर्चा

कांग्रेसको घोषणा पत्रमा काण्डै काण्डको चर्चा

प्रमुख विपक्षी नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
मंगलबार केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पत्रकार सम्मेलन गरी प्रवक्ता विश्वप्रकाश शर्माले ‘नेपाली कांग्रेसको आह्रवान’ नाम दिएर उपचुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । २२ पृष्ठ लामो उपचुनावी घोषणापत्रमा ‘२१ महिनामा सरकारको २१ असफलता’ भनेर सरकारको कामकारबाहीको आलोचना गरिएको छ ।
कांग्रेसले उठाउँदै आएका विषय (बिभिन्न काण्ड)लाई सरकारको असफलता भनेर घोषणापत्रमा लिपिवद्ध गरिएको छ, जसमा राष्ट्रियताको विषय, शान्ति सुरक्षा, विप्लव प्रकरण, वाइडबडडी प्रकरण, होली वाइन प्रकरण लगायत छन्
कांग्रेसले आफ्नै प्रमुख प्रतिपक्षीय भूमिकाको पनि समिक्षा गर्दै भनेको छ, ‘संसदमा सालिन भूमिका र सडकमा केही सांकेतिक प्रर्दशन मात्रै गर्यौं हामीले
एक प्रतिनिधिसभा सदस्य, तीन प्रदेशसभा सदस्यसहित ५२ पदका लागि १४ मंसिरमा उपनिर्वाचन हुँदैछ । उम्मेदवार र नेता कार्यकर्ता सम्बन्धित क्षेत्रमा भोट माग्न ब्यस्त रहेका बेला कांग्रेसले उपचुनावी घोषणापत्र सार्वजनिक गरेको हो ।

सम्बन्धित खवर