कम्युनिष्ट शासनले देशलाई निकास दिन नसक्ने कांग्रेस नेतहरुको भनाइ

कम्युनिष्ट शासनले देशलाई निकास दिन नसक्ने कांग्रेस नेतहरुको भनाइ

धरान, नेपालीकांग्रेसका नेताहरुले कम्युनिष्ट शासनले देशलाइनिकास दिननसक्ने बताएका छन । धरान–१५ शिवालयचौकमा आयोजित नेपाली कांग्रेसको चुनाब प्रचार प्रसार समितिले आयोजना गरेको चुनाबी सभामा बोल्दै नेपाली कांग्रेसका पुर्व धरान नगर सभापती किशोर राईले २८ बर्ष कम्युनिष्टले शासनगर्दा धरानले के के उपलब्धी हातपारेको छ ? भन्दै प्रश्न समेत गरे । धरानका लोकप्रिय नेताको रुपमा रहेका किशोरले धराने जनताको दुःखको सारथीको रुपमा कांगे्रस बन्दै आएको बताए । उनले धरानमा नेत्रित्व परिवर्तनको आवश्यकता रहेकाले सबै धरानबासीले परिवर्तनको पक्षधर नेपाली कांग्रेसका युवा जुझारु उम्मेदवार तिलक राईलाई भोट दिएर बिजय गराइ नगरको भष्ट्राचार अन्त्य गर्न धरानबासीलाई आग्रह गरे ।

त्यस्तै नेपाली कांग्रेस महासमिति सदस्य लक्ष्मी खतिवडाले धरानमा कम्युनिष्ट सरकारका कारण भष्ट्रचार, अनियमितताको गन्धले धरान प्रदुषित भएको आरोप लगाइन् । उनले उपनिर्वाचन कांग्रेसले गर्दा नभएकाले धरानमा उपनिर्वाचन हुनुको मुख्य दोष नेकपाको गम्भिर गल्तिले भएको बताइन् । दिर्घ रोगी स्वर्गिय मेयर तारा सुब्बलाई चुनाबमा उमेद्बार बनाउनु तत्कालीन एमालेको गम्भिर भुल समेत रहेको बताइन् । यसले धरानमा मुख्य जनप्रतिनिधिको अभाव र उपनिर्वाचनमा लाग्ने खर्चले सरकारलाई आर्थिक चाप बढाएको बताइन् । खतिवडाले भनिन् ”धरानमा मेयर साब हुनुहुन्न कार्यबहाकको रुपमा कार्यभार उपमेयर हुनुहुन्छ तर अहिले नगरमा जनताको काम नगरेर नेकपाकालाई मत माग्नमै ब्यस्तहुनुहुन्छ“ । तत्कालीन सरकारले धरानमा बिष्णुपादुका पञ्चकन्या जस्ता पहाडि बस्तिमा लागाएको एउटा अम्लिसोकोे कुच्चोमा कर लिने र एनसेलको अरबौ कर नउठाउन सरकार लागिपरीरहेको आरोप लगाइन् ।

सो चुनाबी सभाका विशेष बक्ताका रुपमा आएका नेपाली कांग्रेस इटहरी नगर सभापती हेमकर्ण पौडलले कांग्रेसको कम्युनिष्ट भाई रहेको बताए । उनले देशमा कम्युनिष्ट शासकले निकास दिन नसकेको बेला धरानमा पनि कम्युनिष्टले माखो पनि मार्न नसक्ने बताए । धरान देशकै नमुना सहर बनाउन नेपाली कांग्रेसको जित आवश्यक रहेको उनले बताए । यसका लागि तिलक राई उपयुक्त उम्मेद्बार रहेको र एक धरानको असल नेता रहेको बताए । सो कोण सभाको संयोजक नेता महेन्द्र प्रधान रहेका थिए ।

सम्बन्धित खवर