सिद्देश्वर साकोसमा पूनः गौतम नै अध्यक्ष

सिद्देश्वर साकोसमा पूनः गौतम नै अध्यक्ष

पथरी, सिद्देश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा पूनः सुवास गौतम नै अध्यक्षमा निर्वाचित भएका छन् । मोरङको पथरी शनिश्चरे ८ मा स्थापित साकोसको १७ औँ वार्षिक साधारण सभाले गौतमलाई नै तेस्रो कार्यकालका लागि सर्वसहमतिले निर्वाचित गरेको हो ।

गौतमको नेतृत्वमा उपाध्यक्षमा भिम प्रसाद पौडेल, महिला उपाध्यक्षमा इन्द्र कुमारी माझी, सचिवमा षडराज काफ्ले,सह सचीव ज्ञानेन्द्र भट्टराई, कोषाध्यक्ष धुर्व कटवाल र सदस्यमा टेक बहादुर बस्नेत,फडिन्द्र दाहाल,नवीन कार्की र निलकण्ठ सुवेदी निर्वाचित भएका छन् । समितीका सम्पुर्ण पदाधिकारी निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन समितीले गरेको थियो। त्यसैगरी समितीको महिला सदस्यमा गुञ्जा चौधरी ,कविता रिमाल र कमला बस्नेत निर्वाचित भएका छन भने लेखा सुपरिवेक्षणमा भोगेन्द्र खड्काको संयोजकत्वमा नर बहादुर कार्की र तिर्थराज कार्की चयन भएका छन्।

संस्थाले साधारण सभा मार्फत सेयर पुँजी ३२ लाख ४५ हजार ९ सय रुपैयाँ पुगेको जानकारी गराएको छ। कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका सचिव नेत्र प्रसाद निरौलाले संस्थाको यश बर्षको खुद नाफा २ लाख ६४ हजार ३४ रुपैयाँ रहेको जानकारी दिनुभयो। पछिल्लो बर्षमा खुद नाफा ३ सय प्रतिशतले वृद्धि भएको भन्दै संस्थाका अध्यक्ष सुवास गौतमले सो तथ्यले अझ हौसला मिलेको बताए ।

संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट ऋणी, सहकारीकर्मी, ज्येष्ठ नागरिक, एकल महिला र उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरेको छ। कार्यक्रम वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले सहकारीले शेयर सदस्यहरुलाई सुखदुःखमा साथ दिने गरेको प्रसङ्ग उल्लेख गर्दै सहकारीको प्रवर्द्धनमा स्थानीय सरकारको तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

सम्बन्धित खवर