तरुणदलको चुनौती, राष्ट्रवादी ओली सरकार किन बोल्दैन ?

तरुणदलको चुनौती, राष्ट्रवादी ओली सरकार किन बोल्दैन ?

पथरी, भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि परेपछि देश तथा विदेशबाट भारत बिरोधी कार्यक्रमहरु भइरहेका छन् । सरकारको प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले यस विषयमा जनसुकै साथ दिने बताइरहेको छ ।

यसै सन्दर्भमा नेपाल तरुणदल उर्लाबारीले सरकारलाई चुनौती दिएको छ । तरुणदल उर्लाबारी सभापती रोहित कार्कीले एक विज्ञप्ती जारी गर्दै राष्ट्रवादी भनेर चिनाउने ओली सरकार किन नबोलेको भनेर प्रश्न गरेका छन् । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा छिमेकीले मिच्दा पनि सरकार चुप लागेर बसेको आरोप लगाएका छन् । यसरी आफ्ना पुर्खाले बचाएको मुलुकको एक चिम्टि माटोपनि अरुले मिचेमा तरुणदललाई सह्य नहुने विज्ञप्तीमा जनाइएको छ । भारतले सिमा मिचेको विषयमा गम्भिर ध्यानाकर्षण भएको समेत जनाइएको छ ।

सम्बन्धित खवर