राजेन्द्र महतो, लहान
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका ५ बाट नेपाल प्रहरीले लागूपदार्थ गाजा सहित एक जना लाई पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय महेश्पुर पतार सिरहाबाट खटिएको प्रहरी टोलीले धनगढी माइ नगरपालिका १४ को ५० वर्षीय राम बहादुर तामाङलाई २६ केजी गाजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका तामाङलाई ईलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखि आवश्यक कार्वाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका डि.एस.पी तथा प्रबक्ता अपिल राज बोहरा ले बताएका छन् ।