बनभोज खान गएको उर्लाबारीको टोली बस दर्घटना, १० जना घाइते

बनभोज खान गएको उर्लाबारीको टोली बस दर्घटना, १० जना घाइते

पथरी, मोरङको उर्लाबारी राजघाटका स्थानीय बनभोजका लागि गएको बस दर्घटनामा परेको छ । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग्मा भएको सवारी दुर्घटनामा १० जना घाईते भएका छन् । कन्याम बनभोज खाएर फर्कदै गरेको बस रोङ्ग गाउपालिका ३ कोल्बुङ्गमा शनिबार साँझ दुर्घट्नामा परेको हो ।

देउसी भैलो समुहले बनभोजको लागि इलामको कन्याम पुगेर वनभोज खाएर फर्कने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ । को १ ख ५३३८ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा सुरज पोमु, निर्मल बराल, सन्तबहादुर लिम्बू लगायत १० जना घाईते भएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारको लागि झापा पठाएको प्रहरी चौकी किटेनिका प्रहरी नायब निरीक्षक भोजकुमार रञ्जितकारले बताए । बस सडकबाट करिव १० मिटर तल खसेको थियो । घाईते १० जना मध्ये ५ जनाको बिएण्ड सी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । घाईतेहरुको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर